मेगा बैंकले डाक्यो साधारण सभा: लाभांश पारित गर्ने मुख्य एजेण्डा, बुक क्लोज कहिले ?
काठमाडौं । मेगा बैंक नेपालले साधारण सभाका लागि मिति तोकेको छ । बैंकले आउँदो पुस ७ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
बैंकको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले सभामा गत आर्थिक र्ष २०७८÷७९ को मुनाफबाट प्रस्ताव गरेको ७.७९ प्रतिशत लाभांशलाई वितरण योग्य बनाउनेछ ।
गत आवको मुनाफबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
सभाले सभाले गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा रहेका छन् ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते एक दिन बुक क्लोज गरेको छ ।













