एनआरएन इन्फ्रास्ट्रक्चरद्धारा लाभांश घोषणा, बुक क्लोजको मिति समेत तय
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले १०औं वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ ।
कम्पनीले लाभांश प्रयोजनका लागि पुष ४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।














