शेयर बजार राताम्य, रिडि पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन झिनो सुधार आएको शेयर बजार आज भने राताम्य भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न भइसँगै एकल बहुमत नदेखिएपछि दलहरु सरकार बनाउन एक अर्कामा कसरत गरी रहदाँ यता शेयर बजार भने ओरालो लागेको हो । नयाँ सरकारको शेयर बजार सम्बन्धी निति फरक हुने आंकलनले शेयर बजार ओरालो लागेको जानकार बताउछन् ।
आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको थियो ।
आइतबार पूँजी बजारमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको कारोबार भएको थियो ।
आइतबार रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ३० करोड ८३ लाख ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार रुपैयाँ, नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ७ करोड ३८ लाख ४३ हजार रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको ३ करोड ७१ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।














