७ श्रावण २०८३, बिहिबार

सुपरमाई हाइड्रोपावरको आइपीओ बिक्री खुला, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगार गरिरहेका नेपालीहरुका लागि आज अर्थात मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि जारी गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु ९अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका ९बरबोटे० ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ३ लाख कित्ता सेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा छिटोमा पुस ६ गतेसम्म र ढिलोमा २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ ।

त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्