८ श्रावण २०८३, शुक्रबार

छुट्नु होला है ! मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । मेगा बैंक नेपालको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभश प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २२ गते सार्वजनिक बिदा परेको हुदाँ मंसिर २१ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ को मुनाफबाट प्रस्ताव गरेको ७.७९ प्रतिशत लाभांशलाई वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारितका लागि बैंकले आउँदो पुस ७ गते १२औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । साथै सभाले सभाले गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै मर्जर तथा प्राप्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर प्रकृयामा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्