नेप्से दोहोरो अकंले घट्यो, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथो कारोबारको दिन समेत शेयर बजारमा सुधार आउन सकेको छैन । साताको सुरुवातमा केही सामान्य अकंले सुधार आएको शेयर बजार त्यस यताको ३ वटै कारोबारमा ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.६१ अकंले घटेर १९१७.२८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज ४.८७ अकंले घटेर १९३३.८८ बिन्दुमा बन्द भएको थियो ।
बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ ह्जार ४२५ कित्ता शेयर किनबेच हुदाँ ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँको कारोबार भएको थियो ।
आज सानिमा बैंकको प्रोमोटर शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६७ करोड २ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शिभम सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार रुपैयाँ, नबिल बैंकको ४ करोड ५२ लाख ८७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ३ करोड ७४ लाख र रिडी पावरको ३ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो ।














