७ श्रावण २०८३, बिहिबार

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले साधारण सभा आव्हान, यस्ता छन् मुख्य एजेण्डा



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १० औं वार्षिक साधारण सभा पुष २० गतेका लागि बोलाएको छ । सभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभामा उपस्थित हुन नसक्नेलाई भर्चुअल माध्यमबाट पनि सहभागि हुने व्यवस्था गरेको समेत रहेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

कम्पनीले लाभांश प्रयोजनका लागि पुष ४ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष ३ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्