९ श्रावण २०८३, शनिबार

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयेजना प्रभावित क्षेत्रका बासिन्दाका लागि विक्री गर्दा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता सेयर जोडेर सर्वसाधराणका लागि ५ लाख ५४ हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओ आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले कुल निष्काशन सेयरको ५ प्रतिशत अर्थात् २७ हजार कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा गर्ने कम्पनीले जनाएको छ ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्