७ श्रावण २०८३, बिहिबार

माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते बुक क्लोज गर्ने भएको हो । जसकारण आज अर्थात मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

लाभांश पारितका लागि बैंकले पुस ८ गते साधारण सभा बोलाएको छ । सभा अम्रपालि ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्