दुई लघुवित्तका शेयरधनी मालामाल, अन्य कुन कम्पनीले सर्वाधिक कमाए ?
काठमाडौं । केहि दिन देखि ओरालो लागेको शेयर बजार आज भने सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको हो ।
सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा दोहोरो अकंको सुधार आउँदा १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँको कारोबार भएको हो ।
आज २ लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार समिट लघुवित्त र सिवाइसी लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
साथै, नेपाल टेलिकमको ७.४६ प्रतिशत, आर्दश लघुवित्तको ६.०८ प्रतिशत र धौलागिरी लघुवित्तको ६.०८ प्रतिशतले शेयर बढेको हो ।














