नबिल बैंकमा झुम्मिए लगानीकर्ता : आज २ लाख ६१ हजार कित्ता सेयर बिक्री, मूल्य कति ?
काठमाडौं । सोमबार नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । साताको दोस्रो कारोबार दिन बैंकको २१ करोड बढीको सेयर खरिदबिक्री भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको २ लाख ६१ हजार ५१९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
बैंकले आफ्ना सेयरधनीहरुलाई उच्च लाभांश घोषणा गरेपछि लगानीकर्ता झुम्मिएका छन् । जसले कारोबार बढाएको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।













