११ श्रावण २०८३, सोमबार

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा पुस २४ गते, लाभांश र मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा पुस २४ गतेका लागि बोलाएको छ । सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र ०. ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले संस्थापक र सर्वसाधारण समूहको शेयर अनुपात क्रमश ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यूनियन लाइफ र गुँरास लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता पत्रको मस्यौदा पनि पारित गर्ने कार्यसूची रहेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।