पुस ७ गतेदेखि एनआइबीएल ग्रोथ फन्ड निष्कासन गर्ने, कति इकाई आवेदन दिने ?
काठमाडौं । एनआइबीएल एस क्यापटिल लिमिटेडले म्युचुअल फण्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले पुस ७ गतेदेखि एनआइबीएल ग्रोथ फण्डको कुल १६ करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमध्ये ३ करोड ४ लाख इकाई वा कुल बिक्री भएको इकाईको १९ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरिएको छ । त्यस्तै, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटललाई छुट्टाएको छ । बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गर्न लागिएको हो ।
उक्त फण्डमा लगानीकर्ताहरुले पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिन मिति पुस २१ गतेसम्म लम्बाइनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्ने कम्पनीले जनाएको छ ।













