इक्रा नेपालले ७२ प्रतिशत लाभांश दिने, पुस २२ गते बोलायो साधारण सभा
काठमाडौं । इक्रा नेपाल लिमिटेडले दशौं वार्षिक साधारण सभा पुस २२ गतेका लागि बोलाएको छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ५२.१७ प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा एलोफ्ट काठमाडौं ठमेलमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो ।
साथै, गत आर्थिक वर्षको प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।













