७ श्रावण २०८३, बिहिबार

शिवम् सिमेन्ट्सद्धारा लाभांश घोषणा, शेयरधनीहरुलाई नगद मात्र



काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीले उक्त प्रस्ताव पारितका लागि पुष २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले पुष २० गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्