प्राइम कमर्सियल बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको बिहिवार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ८।९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
बैंकले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।














