शिखर इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस १६ प्रतिशत दिदाँ नगद कति ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६ प्रतिशत बोनस र ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।














