११ श्रावण २०८३, सोमबार

प्राधिकरणले संशोधन गर्यो बीमकको लगानी निर्देशिका, यस्तो छ कम्पनीहरुको लगानी क्षेत्र र दायरा



काठमाडौं । बीमकको लगानी निर्देशिका २०७५ संशोधन भएको छ । नियामक निकाय नेपाल बीमा प्राकिरणले बीमक लगानी निर्देशिका २०७५ लाई संशोधन गरेको हो ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीको छुट्टाछुट्टै एकिकृत लगानी निर्देशिका २०७९ लागू गरेको हो ।

प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुको लागिको लगानी निर्देशिका जारी गर्दै ११ क्षेत्र र लघु जीवन बीमा र लघु निर्जीवन बीमा कम्पनीको लागि भने ८/८ वटा लगानीको क्षेत्र निर्धारण गरेको छ ।

निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरुले संघीय सरकार, प्रदेश तथा स्थानीयन तह वा नेपाल राष्ट्र बैंकको बचतपत्रमा वा ऋणपत्र वा नेपाल सरकारको माननत प्राप्त बचतपत्र वा ऋणपत्रमा कम्तीमा २५ प्रतिशतसम्म, निर्जीबन बीमा र पुनर्बीमा कम्पनीले २०/२० प्रतिशतसम्म लगानी गर्नुपर्ने प्राधिकरले जनाएको छ ।

यस्तै, लघु जीवन तथा निर्जीवन बीमाका लागि भने संघीय सरकार, प्रदेश तथा स्थानीयन तह वा नेपाल राष्ट्र बैंकको बचतपत्रमा वा ऋणपत्र वा नेपाल सरकारको माननत प्राप्त बचतपत्र वा ऋणपत्रमा कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका अनुसार उक्त सीमा अनुरुप लगानी गर्न नसक्ने अवस्था आएमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गको बैंक वा पूर्वधार विकासको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने उल्लेख छ ।

जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुले राष्ट्र बैंकबाट इजाजत प्राप्त ’क’ वर्गको विकास बैंक वा पूर्वधार विकासको मुद्दती निक्षेपमा कुल लगानीको ३० प्रतिशत, ’ख’ वर्गको विकास बैंकमा १० प्रतिशत, ’ग’ वर्गको बैंक तथा वित्तीय संस्थामा कुल लगानीको बढीमा ५ प्रतिशत सम्म लगानी गर्न सकिने निर्देशिकामा उल्लेख छ । लघु जीवन बीमा र निर्जीबन बीमा कम्पनीले भने क्रमशः ३० प्रतिशत, १० प्रतिशत र ५ प्रतिशतसम्म लगानी गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था न्युनतम ५ वर्षसम्म सञ्चालनमा आएर नियमित लेखापरिक्षण गराई कम्तीमा तीन वर्षसम्म नाफामा रहेको हुनुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।

जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गमो बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) बन्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको ३० प्रतिशत, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीले भने २० प्रतिशत मात्रै लगानी गर्नुपर्ने निर्देशिका रहेको छ । यता, लघु जीवन बीमा र निर्जीबन बीमा कम्पनीले क्रमशः ३० प्रतिशत र २० प्रशितसम्म लगानी गर्न सकिने व्यवस्था रहेको छ ।

जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा कुल लगानीको २० प्रतिशत, नेप्सेमा सूचीकृत कम्पनीहरुको साधारण शेयरमा बढीमा १० प्रतिशत, नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बढीमा १० प्रतिशत लगानी गर्न सकिनेछ । यी लगानीका क्षेत्रहरुमा लघु जीवन बीमा र निर्जीबन बीमा कम्पनीले भने क्रमशः २० प्रतिशत, १० प्रतिशत र १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यसैगरि जीवन बीमा र निर्जीबन बीमा तथा पुनर्बीमा कम्पनीहरुले घरजग्गा व्यवसायमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था रहेको छ ।

कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लयागत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १० प्रतिशत र इभेष्टमेन्ट कम्पनीको शेयरमा कुल लगानीको ५ प्रतिशतसम्म लगानी गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

जीवन बीमा कम्पनीहरुको लगानीको क्षेत्र र दायरा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

निर्जीवन बीमा कम्पनीहरुको लगानीको क्षेत्र र दायरा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पुनर्बीमा बीमा कम्पनीहरुको लगानीको क्षेत्र र दायरा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

लघु जीवन बीमा कम्पनीहरुको लगानीको क्षेत्र र दायरा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

लघु निर्जीवन बीमा कम्पनीहरुको लगानीको क्षेत्र र दायरा हेर्न यहाँ क्लिक गर्नुहोस् ।