शिवम् सिमेन्ट्सको साधारण सभा पुष २९ गते, बुक क्लोज कहिले ?
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा सामना होटल मकवानपुरमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । सभाले आगामी चार वर्षे कार्यकालका लागि कम्तिमा एक जना महिलासहित पाँच जना संचालकहरुको निर्वाचन समेत गर्ने समेत सभाको कार्य सूची रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













