नबिल इन्भेष्टमेण्ट बैंकिङको साधारण सभा पुष २६ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको सभा कक्ष तेस्रो तल्ला सेन्ट्रल प्लाजा नारायणचौर नक्साल काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरेको कर सहित ५ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।
साथै, सभाले गत आर्थिक वर्षका वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।













