७ श्रावण २०८३, बिहिबार

हिमालयन पावर पार्टनरको साधारण सभा कहिले ?



काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । कसभा अम्रपाली व्याक्वेट, भाटभटेनी, काठमाडौंमा विहान ९ बजे सभा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सामाजीक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहयोग रकमलाई अनुमोदन गर्ने र चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने विषयमाथी पनि सभामा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्