११ श्रावण २०८३, सोमबार

युनाइटेड इन्स्योरेन्सको साधारण सभा पुष २७ गते, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २९औं वार्षिक साधारा सभा पुष २७ गतेका लागि बोलाएको छ । सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी कूल ५ दशमलव २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने कार्य सूची समेत रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ पुष १४ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।