८ श्रावण २०८३, शुक्रबार

वाणिज्य बैंकले कमाए साढे २५ अर्ब नाफा: शीर्षस्थानमा नबिल, एनआईसी र ग्लोबल आइएमई, कुनको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले चार महिनामा २५ अर्ब बढी खुद नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार लचालु आर्थिक वर्ष २०७९/८० को कात्तिक मसान्तसम्ममा बैंकहरुले २५ अर्ब ५० करोड बढी नाफा कमाएका छन् ।

संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये सो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । बैंकले सो अवधिमा २ अर्ब ३५ करोड ७९ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ ।

दोस्रो स्थानामा रहेको एनआईसी एशियाले भने २ अर्ब २२ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा कमाएका छ । तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले भने १ अर्ब ७५ करोड ४९ लाख ६० हजार बढी नाफा कमाएको छ ।

चालु आवको कात्तिक मसान्तसम्ममा सबैभन्दा कम नाफा कृषि विकास बैंकको देखिएको छ । बैंकले सो अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ बढी नाफा कमाएको छ ।

सो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ, एनएमबि बैंकको १ अर्ब ३० करोड ८४ लाख, कुमारीको १ अर्ब २५ करोड ७७ लाख, प्राइम बैंकको १ अर्ब २५ करोड ५१ लाख, एभरेष्टको १ अर्ब १५ करोड १४ लाख र स्टाण्डर्ड चार्टर्डको १ अर्ब ८ करोड ३९ लाख रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको कात्तिक मसान्तसम्ममा नेपाल बैंकले ९५ करोड ९४ लाख २० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड ६८ लाख, हिमालयन बैंकले ८३ करोड ५१ लाख, नेपाल एसबिआईले ८२ करोड ७८ लाख, सानिमाले ७८ करोड ७४ लाख, प्रभुले ७८ करोड ४८ लाख, मेगाले ७६ करोड ९२ लाख, एनसीसीले ७२ करोड ६७ लाख, सिटिजन बैंकले ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यसैगरि सिद्धार्थ बैंकले ६७ करोड ४१ लाख रुपैयाँ, लक्ष्मी बैंकले ६५ करोड ६८ लाख, माछापुच्छ«ेले ५९ करोड ५८ लाख, सिभिलले ५६ करोड ९ लाख, बैंक अफ काठमाण्डू ४५ करोड ३२ लाख, सेञ्चुरीले ४४ करोड ७ लाख, सनराइज ३७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।


प्रतिक्रिया दिनुहोस्