‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ’ को शुभारम्भ
काठमाडौं । “युवासँग(महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन गर्नु भएको हो ।
कार्यक्रममा देशभरीबाट शाखारउपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो। समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उदघाटन मन्तव्य दिदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “महिला सशक्तिकरणमा(महालक्ष्मी लाईफ” कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए ।
आ.व. २०७९।०८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।
बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले संचालन गर्नु भएको कार्यक्रममा बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत मन्तव्य र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८र७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ”युवासंग महालक्ष्मी लाईफ” कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८,००० भन्दा बडी युवालाई तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रम अत्यन्त सफल भइ बीमा सम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको कम्पनीले जनाएको छ ।













