मर्जपछि बनेको सूर्या ज्योति लाइफको नयाँ लोगो सार्वजनिक
काठमाडौं । मर्जपछि एकीकृत कारोकार गर्न लागेको सूर्या ज्योति लाइफ इन्स्योरेन्सले नयाँ लोगो सार्वजनिक गरेको छ ।
पुस ७ गतदेखि एकीकृत कारोबार थालनी गर्न लागेको सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स नयाँ लोगो सार्वजनिक भएको हो ।
कम्पनीले सूर्या ज्योति लायफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालनी गर्नेछन् । यो नै नेपालको इतिहासँमा पहिलो एकीकृत कारोबार गर्ने जीबन बीमा कम्पनी हुनेछ ।
नयाँ कम्पनी बनेसंगै अध्यक्षमा सूर्या लाइफको केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफबाट प्रकाश विक्रम खत्री बन्नेछन् । कम्पनीको सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् । नयाँ बन्ने कम्पनीको संचालकमा सूर्या लाइफबाट ३ र ज्योति लाइफबाट ३ जना बन्ने बताइएको छ ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब करोड हुनेछ । कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरी पाँच अर्ब चुक्ता पुँजि पुर्याउनेछ ।













