८ श्रावण २०८३, शुक्रबार

नेपाल बैंकर्स संघबाट बाहिरिए उपाध्याय, कार्यवहाक अध्यक्षमा केसी



काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले पाएका छन् ।

संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्यायको कार्यकाल सकिएपछि संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी केसीलाई दिइएको हो । केसी संघको उपाध्यक्ष रहेको थिए ।

शुक्रबार बसेको संघको बैठकले एनएमबि बैंकका सीईओ केसीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । उपाध्यायको कार्यकाल रिन्यू नहुनेभएपछि संघको अध्यक्षबाट बाहिरिएका हुन् ।

सोही बैठकले अध्यक्ष उपाध्यायको बिदाई समेत गरेको छ । यसैविच तीन साताअघि संघको संचालकमा मनोनित भएका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गलाई स्वागत समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्