सूर्यज्योति लाइफको कम्पनी सचिवमा भरत केसी नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिवमा भरत केसीलाई नियुक्त गरेको छ ।
सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभिए पश्चात कायम सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुष ७ गते बसेको संचालक समितिको बैठकले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
केसी यस अघि सूर्या लाइफ इन्स्योरेन्सको कम्पनी सचिव कै जिम्मेवारीमा थिए ।














