२३ श्रावण २०८३, शनिबार

नयाँ मन्त्रीमण्डल गठन, तीन उप्रधानमन्त्रीले लिए सपथ



काठमाडौं । सोमबार मन्त्रीमण्डल गठन भएको छ । नेपालको ४४औं प्रधानमन्त्रीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ गहण गरेका छन् ।

यस्तै, नयाँ सरकारमा तीन उपप्रधानमन्त्रीहरुले पनि सपथ ग्रहण गरेका छन् । उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायण काजी श्रेष्ठ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछनेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।