११ श्रावण २०८३, सोमबार

सूर्यज्योति लाइफले एकीकृत कारोबार गरेको २ दिन मै एक हजार बीमा लेख जारी गर्यो: सीइओ खत्री



काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्जर पछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रकाश विक्रम खत्रीले एकीकृत कारोबार भएको २ दिन पुष ७ र ८ गते १ हजार बीमा लेख जारी गरेको बताएका छन । सूर्यज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सञ्चालनपछि औपचारिक कार्यक्रममा बोल्दैं सीइओ खत्रीले यस्तो बताएका हुन ।

उनले विश्वमा हाल चलि रहेका अनकौं अ्रभ्यासलाई सिको गर्दै दुबै कम्पनीको मर्जर सम्झौता सफल भएको बताएका छन् । दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई रिभ्यु गरेर काम गरेको हुदाँ सूर्या लाइफको १५ वर्ष अनुभव र ५ वर्षको ज्योति लाइफ कम्पनीको मिलनले राम्रो प्रतिफल उनले विश्वास ब्यक्त गरे ।

उक्त सम्झौतामा जादा १०० जना भन्दा धेरै कर्मचारीको हुनुका साथै १०० वटा भन्दा धेरै शाखाहरु समायोजन भएका बताए । पूँजीका हिसावले पनि सूर्यज्योति तेस्रो ठुलो कम्पनी बनेको छ ।