७ श्रावण २०८३, बिहिबार

१ करोड कित्ता आइपीओ बिक्रीका लागि दुई कम्पनीलाई बोर्डले दियो अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा थप २ कम्पनीहरुले आइपीओ निष्कासनका लागि अनुमति पाएका छन् ।

बोर्डबाट पुष ७ गते मकर जितुमाया सुरि हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न लागि अनुमति पाएका हुन ।

मकर जितुमाया सुरि हाइड्रोपावर
मकर जितुमाया सुरि हाइड्रोपावरले २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएका हुन । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा पहिलो चरणमा बैदेशिक रोजगरीमा गएका र स्थानिय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन् ।

कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सानिमा मिडिल तमोर

सानिमा मिडिल तमोरले ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो । अब कम्पनीले आइपीओ निष्कासनको मिति तोकि पहिलो चरणमा बैदेशिक रोजगरीमा गएका र स्थानिय बासिन्दाका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछन् ।

कम्पनीको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्