नेप्सेले गर्यो थप पाँच कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कुनको कति तोक्यो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पाँच कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, राधी विद्युत् कम्पनी, लुम्बिनी विकास बैंक र बिन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो ।
यी कम्पनीहरूले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।
सिद्धार्थ बैंकको नेप्सेले १२.५० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयर मूल्य ३०१ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीको अन्तिम सेयर मूल्य ३३९ रुपैयाँको आधारमा समायोजन गरिएको हो ।
नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस सेयरको समायोजनपछि सेयर मूल्य २८७ रुपैयाँ ७७ पैसा तोकेको छ । कम्पनीको अन्तिम मूल्य २९६ रुपैयाँ ४० पैसाको आधारमा समायोजन गरिएको हो ।
यस्तै, लुम्बिनी विकास बैंकको नेप्सेले ३ प्रतिशत बोनस सेयरको समायोजनपछि मूल्य ३३६ रुपैयाँ ८९ पैसा तोकेको छ । कम्पनीको अन्तिम सेयर मूल्य ३४७ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
त्यसैगरि नेप्सेले राधी विद्युत् कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरको समायोजनपछि मूल्य २११ रुपैयाँ ९३ पैसा तोकेको छ । कम्पनीको अन्तिम सेयर मूल्य २२२ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
यता, बिन्ध्यबासिनी हाइड्रोपावरको नेप्सेले ५ प्रतिशत बोनस सेयरको समायोजनपछि मूल्य ३६५ रुपैयाँ ७१ पैसा तोकेको छ । कम्पनीको अन्तिम सेयर मूल्य ३८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।













