अर्थमन्त्री पौडेलसंग बैंकर्स संघले भन्यो-‘आर्थिक विकासका लागि समन्वय गर्न प्रतिवद्ध छौं’
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग नेपाल बैंकर्स संघको कार्यकारी समितिले भेटवार्ता गरेको छ ।
सो भेटवार्ता आर्थिक विकासका लागि सरकारसंग समन्वय गर्न बैंकिङ्ग क्षेत्र तयार रहेको सघंले बताएको छ । संघका कार्यवहाक अध्यक्ष सुनिल केसीको नेतृत्वमा भएको भेटवार्तामा आर्थिक विकासका लागि समन्वय गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।
अर्थमन्त्री शर्मालाई बधाई एवं शुभकामना दिँदै संघका कार्यवहाक अध्यक्ष केसीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्र पूर्णरुपमा सहयोग र समन्वय गर्न तयार रहेको बताए ।













