कुमारी बैंकले एक नम्बरको बैंकको दौंडमा अगाडि बढ्नुपर्छ: रमण नेपाल
काठमाडौ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कुमारी र एनसीसी बैंकको एकीकृत कारोबारमा बोल्दैं बैंक एक नम्बरको दौडका अगाडि बढ्नु पर्ने बताएका छन् ।
मर्जरमा जाँदा ब्यवसाय बिस्तार देखि सनर्जी राम्रो हुन भएकाले बैंकहरु धमाधम मर्जरमा जान लागेको सेयरधनीहरुलाई बढी रिटन दिन सक्नुपर्ने उनको भनाई थियो । बैंकहरु मर्जरमा गए पछि कारोबार पनि ठुलो हुनुका साथै देशभर सेवा पुगि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि पहुँच पुग्ने उनले बताए ।
मर्जरमा जानका लागि सबैं भन्दा ठूलो चुनौती आफुले कर्मचारी ब्यवस्थापन देखिएकाले कर्मचारीलाई सहि ब्यवस्थापन गरी अगाडि बढ्न सुझाव दिए । “आफु राष्ट्र बैंकमा रहदाँ सबै भन्दा ठूलो चुनौती नै कर्मचारी ब्यवस्थापन देखेको छु, आफ्ना कर्मचारी आफ्नो सम्पत्ती य हो सहि तरिकाले ब्यवस्थापन गर्नु हुन्छ, जति शेयरधनीहरु छन् नितिहरुलाई त्यहि हिसाबको मुनाफा वितरण गर्ने उचित प्रतिफल दिन्नुहुन्छ” उनले भने ।













