७ श्रावण २०८३, बिहिबार

निरन्तर उकालो लाग्दै सेयर बजार, लगानीकर्ताको आत्मविश्वाससँगै कारोबार रकममा बढोतरी



काठमाडौं । आइतबार शेयर बजार दोहोरो अकंले उकालो लागेको छ । धेरै उताप चडाप पछि शेयर बजार आज १६ अकंले वृद्धि हुन पुगेको हो । कारोबार समयको बीचमा करिब ५० अकंसम्म पुगेको शेयर बजार बन्द हुदाँ घटेको हो ।

लगानीकर्ताले नाफा बुक गर्दा शेयर बजारमाबीचको कारोबारले लय कायम राख्न सकेको छैन । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा निरन्तर रौनक देखा परेको छ ।

अर्थमन्त्री विष्ुण पौडेलले अगाडिको कार्यकालमा पूँजी बजार सुधारका लागि उत्कृष्ट काम गरेको भन्दैं लगानीकर्ता उत्साहित बनेका छन् । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया दिनछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२६ अकंले बढेर २०४६.२९ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको छ ।

आज नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २२ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । साथै, नेपाल टेलिकमको १९ करोड ८८ लाख १ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १० करोड ३ लाख ८३ हजार रुपैयाँ र नेपाल लाइफको ९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज ११ उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको ०.०४ प्रतिशत र फाइनान्स समूहको ०.२० प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, बैंकिङ समूहको ०.४० प्रतिशत, हाइड्रोपावर समूहको ०.२४ प्रतिशत, जीवन बीमा समूहको २(९९ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्