७ श्रावण २०८३, बिहिबार

पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर प्रदर्शनी हुँदै, विदेशीसहित ९० कम्पनीको सहभागिता हुने



काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने भएको छ । फुटवेयर म्यानुफ्याकचर्स एसोसिएसन अफ नेपालले १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी गर्ने भएको हो ।

एसोसिएसन पुस २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डममा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी मेलाको आयोजना गरेको हो । प्रदर्शनी पुस २३ गतेसम्म संचालन हुने प्रदर्शनको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ।

प्रदर्शनीमा पहिलो पटक बि टु बि सेल हुने भएको हो । विदेशी डिलर होलसेलरलाई प्रदर्शन अवधिभर होटल सुविधा सहित आमन्त्रण गरिएको जसको परिणाम स्वरुप नेपालि उत्पादनको विदेश निर्यातको सम्भावना रहेको एसोसियसनले जनाएको छ ।

एसोसियशनका अनुसार प्रदर्शनीमा देश भरीबाट ४० हजारदेखि ५० हजार उद्योगि, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता जनाउने अनुमान गरिएको छ । प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढि कम्पनिका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।

यस्तै, ३०० भन्दा धेरै सरकारी, गैरसरकारी, व्यावसायीक संघसस्थाहरु विदेश स्थित कुटनैतिक नियोग र राज्यका नितिनिर्माण तहका संस्था तथा व्यक्तित्वहरुलाई प्रदर्शनी अवलोकन गराउने उद्देश्य राखिएको ।

यो प्रदर्शनीमा नेपालमा फुटवेयर तथा छालाजन्य सामाग्री उत्पादन विधि कच्चा पदार्थको गुणस्तरको पनि जानकारी गराईनुका साथै एउटै छानामुनि देशभरीका उद्योगि हुने हुदाँ पछिल्लो नयाँ डिजाइन, विकास र प्रतिस्पर्धि मुल्य छानेर कारोवार गर्नको लागि सहजता हुने ।

विश्वमा ख्याति कमाएका बहु राष्ट्र कम्पनिहरुले यो प्रदर्शनीमा भाग लिने हुदाँ नेपालि उद्यमिले आफ्नो उत्पादनलाई प्रतिस्पधी मुल्यमा गुणस्तरीय कच्चापदार्थ, मेशिनरी र प्रवृधिको पहुँच सहज हुन गइ गुणस्तरीय उत्पादन गर्न सहज हुने आयोजनाले जनाएको छ ।

प्रदर्शनीमा नेपालका ठुला उत्पादक देखि साना घरेलु उद्योगहरुलाई समावेश गरीएको स्टलको मुल्य तिर्न असमंध उद्योगहरुलाई केहि संख्यामा निशुल्क राख्ने व्यवस्था मिलाईएको ।

हाल नेपालमा बिक्रि हुने फुटवेयर जन्य सामान करीव ५० प्रतिशत रहेको छ यसलाई नेपाल भरीका डिलर, होलसेल, खुद्रा व्यवसायी मार्फत विक्रि वितरणमा वृद्धि बढाई नेपाली उत्पादनको हिस्सा ७५ हिस्सा पुरÞ्याउने लक्ष्य सहित प्रदर्शनी गर्न लागिएको एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडेले बताए ।

उनका अनुसार नेपाली फुटवेयर उद्योगमा लाग्ने कच्चा पदार्थको हिस्सा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याउने लक्ष्य पनि लिईएको आयोजकले जनाएको छ । कच्चा पदार्थ, मेशिनरी र प्रविधिमा वैदेशिक लगानी भित्राउने तथा हाल भइरहेको निर्यातलाई दोव्बर बनाउने लक्ष्य पनि अध्यक्ष बञ्जाडेले जानकारी गराए ।

स्वदेशी उत्पादनका बारेमा नेपालका डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरुलाई आफ्ना, उत्पादनकबारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबर्द्धन गरि प्रदर्शनी मेलाको माध्यमबाट ब्यापक प्रचार प्रसारगरी बाह्य बजार समेत बिस्तार गर्ने रणनीतिक पहल गर्नु, विदेशी जुत्ता चप्पल तथा छालाको वस्तु आयातलाई प्रतिस्थापन गरि स्वदेशी उत्पादनका क्षेत्रमा मुलुकलाई आत्म निर्भर बनाउनु, डिलर, होलसेल, खुद्रा विक्रेताहरुनै उत्पादन लाई सफल बनाउने मूल पात्रहरु भएका हुँदा उपभोत्ताका उत्पादकहरुले प्रत्यक्ष भेटी उनीहरुका गुनासा तथा राय सुझाव शकलन गरी कमी कम्जोरीलाई सच्याउदै आफ्ना उत्पादनहरुमा सुधार ल्याउनु जस्ता औद्योगिक प्रदर्शनीका उदेश्य रहेको छ ।

यस्तै, प्रतिस्पर्ध व्यापार व्यवसायको एउटा सुन्दर पक्ष पनि हो र चुनौती पनि हो । तसर्थ एक अर्का उद्यमी बिच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाईनमा सुधार ल्याउँने वातावरण तयार गर्नु, अस्वस्थ प्रतिस्पर्धा लाई न्युनिकरण गराउँदै उद्योगी व्यवसायी बिच “एकका लागी सबै र सबैका लागी एक “ भन्ने भावना महशुस गराई दीगो हार्दिकता सृजना गर्नु, उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलब्ध गराउने व्यत्ती र उद्योगी, उद्योगी र उपभोत्ता, उद्योगी र व्यापारी, नीतिनियम बनाउने सरकारी निकाय र त्यसलाई पालना गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी संचार क्षेत्र र उद्यमी एकै साथ एकै ठाँउमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा स्थापित गराउनु मेलाका उदेश्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्