११ श्रावण २०८३, सोमबार

हकप्रद शेयर निष्कासन लागि एलआइसी नेपालले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल लिमिटेडले विशेष साधारण सभा माघ ३ गतेका लागि बोलाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले लिसारा रिसेप्सन भगवती बहाल नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा आव्हान गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८८.४५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गर्नेछ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर निष्कासनको लागि नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति प्राप्त हुन बाँकी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासनपछि कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीबमोजिमको प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्तावसमेत सभाले पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष २५ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन पाउनेछन् ।