११ श्रावण २०८३, सोमबार

लाभांश पारितका लागि आइएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं वार्षिक साधारण सभा माघ ९ गतेका लागि बोलाएको छ । सभा होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ सम्मको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव सभाको मुख्य एजेण्डा हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष २७ गतेदखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुष २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।