७ श्रावण २०८३, बिहिबार

हिमालयन डिष्टीलरीको बम्पर लाभांश सुरक्षित गर्ने भोलि अन्तिम मौका



काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुष १९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २० गते बुक क्लोज गर्ने भएकाले पुष १९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६० प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज महानगरपालिका वार्ड नं लिपनिविर्ता पर्सामा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्