कालिञ्चोक दर्शनको आइपीओ बुधबार बाँडफाँट हुने
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओमा बुधबार (पुष २० गत) बाँडफाँट हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला गरेको आईपीओ बुधबार बाँडफाँट गर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको हो ।
बुधबार दिउँसो ३.३० बजे बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा तयारी गरिएको छ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला भएको थियो । जारी पूँजीको १८ प्रतिशत अर्थात १० करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि छुट्याएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













