बडीबिल्डरको रोजाईमा खरेल अर्गनाइजेशनको ‘फिटनेसन’, अन्तर्राष्ट्रिय ब्राण्डका खेलकुद पोषण बिक्री गर्दै सीईओ ‘सज्ञान’
काठमाडौं । नेपाली समाजमा पछिल्लो समय फिटनेसप्रतिको आकर्षण वृद्धि हुँदै गएको छ । विशेषगरि युवापुस्तामा जिम धाउने प्रचलन पनि उत्तिक बाक्लिदो देखिन्छ । युवाहरू शारीरिक रूपमा फिट हुन चाहन्छन् । कसिलो मसल्स, पेटमा सिक्स प्याक बनाउने रहर र हुटहुटी धेरैमा हुन्छ ।
फिट शरीरमा लगाइएको पहिरन अझ बढी खुल्ने भएकाले पनि धेरैको चाहना शरीरलाई आकर्षक बनाउने हुन्छ । यही चाहना पूरा गर्न फिटनेस सेन्टरमा युवाहरूको भीड लाग्छ । यो शरीर बनाउने सोखमा मात्र सीमित छैन । शरीरलाई फिट राख्न होस् या स्वस्थ हुन, धेरैको रोजाईमा जिम पर्ने गर्छ । अझ भनौं, शरीरको तौल घटाउने मुख्य उपायको रुपमा कतिपयले त जिमलाई पहिलो नम्बरमा पनि राख्ने गर्छन्। शारीरिक सुगठन बनाउन र स्वास्थ्यका निम्ति गरिने व्यायाममध्ये जिम एक हो। जिमले शरीरको मेटाबोलिजम अर्थात खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई राम्रो बनाउँछ । जिमभित्र पनि धेरै किसिमको विधाहरु हुन्छन्। जस्तोः तौल बढाउने, घटाउने वा शरीरलाई सुगठित बनाउने ।
आकर्षक बडी बनाउन जिम गर्ने कतिपय व्यक्तिहरुको आ–आफ्नै तरिकाले व्यायाम गर्ने चलन हुन्छ, जो एकम गलत हो । जिम मात्रै गर्छु भनेर हुँदैन । प्रि वर्कआउट र पोष्ट वर्कआउटपछि खाने कुराहरुको किसिम र मात्राले पनि उक्त उदेश्य प्राप्तिमा धेरै फरक पर्दछ । जीम गर्दा सबैभन्दा महत्वपूर्ण र आवश्यक भनेको पोषण योजना हो । पोषण र व्यायामको तालमेल मिलाउन एकदमै आवश्यक हुन्छ । जसले नतिजा राम्रो आउँछ हो, त्यो आवश्यक र नेपाली समाजमा युवाहरुको जिम प्रतिको आकर्षण र भिडलाई अझै व्यवस्थित बनाउनका लागि खरेल अर्गनाईजेशन प्रालिले काम गर्दै आएको छ । कम्पनीको निर्देशक/प्रमुख कार्यकारी अधिकृत उद्यमी सज्ञान खरेल रहेका छन् । उनी चलचित्र निर्देशक र निर्माता, व्यवसायी स्वर्गीय दुर्गा राज खरेल र आमा सरस्वती खरेलका छोरा हुन् ।
अर्गनाइजेशनले आफ्नो अन्य कामहरुका साथै नेपालमा खेलकुद पोषणजन्य खाद्यान्न आपुर्ति गर्दै आएको आएको छ । कम्पनीका सिईओ सज्ञान खरेलले सन् २०१८ को फेब्रुअरीमा फिटनेसन (FitNation) स्थापना गरे । फिटनेसन (FitNation) ले इभलुसन न्यूट्रिसन (Evlution Nutrition) जस्ता प्रतिष्ठित अन्तराष्ट्रिय खेलकुद पोषण ब्राण्डहरु बिक्री वितरण गर्दै आएको छ ।
खरेल अर्गनाईजेशनले यति मात्रै होइन, नेपालमा जिम गर्ने तथा बडीबिल्डरहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने समस्या, सावधानी, पोषणा लगायत अन्य विभिन्न उपलब्धीमूलक कार्यक्रम तथा गोष्ठी समेत आयोजना गर्दै आएको छ ।
फिटनेसन (FitNation) ले हालसालै मात्र नेपालको इतिहासमै पहिलो पटक बडीबिल्डरहरुको गोष्ठी सम्पन्न गरेको छ । सो गोष्ठीमा भारतीय वक्ता, प्रशिक्षक एवं डाक्टर गुनित कुवंरले सहजी करण गरेका थिए । डाक्टर कुवँरले बडीबिल्डरले दैनिक जीवनमा सामना गर्नु पर्ने समस्या, अपनाउनु पर्ने सावधानी, पोषण तथा अन्य बिषयमा सहजीकरण गरेका थिए । अर्गनाईजेशनका अनुसार गोष्ठीमा सहभागी बडीविल्डरहरुले निकै उत्साहका सहित सक्रियतापूर्वक भाग लिएका थिए । गोष्ठीको क्रममा डा. कुवरले मांसमेशीजन्य पोषणको महत्व, मांसपेशीमा विभिन्न औषधीको गलत प्रयोेग, बडी बिल्डरहरुको समस्याको पहिचान र उपचार, गाइनोकोमेसिता, साइकिल थेरापीपछिको परिवर्तन लगायतका बिषयमा कुरा राखेका थिए ।
खरेल अर्गनाइजेशनले खेलाडी र सामान्य व्यक्तिहरुलाई आवश्यक बैकल्पिक पोषणयुक्त खानेकुरा वितरण गर्दै आउनुका साथै विशेस गरि इभोलुसन न्युट्रेषनको उत्पादनहरु नेपाली उपभोक्ताका वीचमा आपुर्ति गर्ने लक्ष्य लिएको छ । कम्पनीले नेपाली एथलेटसहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रवर्धन गर्नको लागि बिभिन्न कार्यक्रम गर्दै र अझै अगाडी बढ्दै गराउने प्रतिबद्धता देखाएको छ ।













