लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने, स्वाप रेसियो कति ?
काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंक मर्जरमा जाने भएको छ । यी दुवै बैंक एक आपसमा मर्जरमा जान अन्तिम तयारी रहेका छन् ।
यी दुवै बैंक मर्जरमा जानका लागि आगामी साता समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीमा झुटेको बताइएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सनराइज बैंकलाई मर्जरमा जानका लागि ताकेता गर्दै आएको थियो ।
राष्ट्र बैंकको दवावपछि लक्ष्मी बैंक र सनराइज बैंक १ः१ अर्थात एक बराबर एकको अनुपतामा मर्ज हुने छलफल भईरहेको स्रोतले जनाएको छ। मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब बढी हुनेछ ।
हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
यी दुवै बैंक मर्जभएपछिको सांगठनिक संचरना लगायतका विषयमा भने टुंगो लगाउन बाँकी नै छ । दुवै बैंकको छलफलमा मर्जपछि बन्ने बैंकको अध्यक्ष, नाम, संचालनक लगायतको विषयमा टुंगो लगाउन बाँकी रहेको स्रोत भनाई छ ।













