७ श्रावण २०८३, बिहिबार

लाभांश पारित गर्दै एनआरएन इन्फ्रास्ट्रक्चरको साधारण सभा सम्पन्न



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएकोछ। सभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

कम्पनीले लाभांश प्रयोजनका लागि पुष ४ गते बुक क्लोज गरेको हुदाँ पुष ३ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्