११ श्रावण २०८३, सोमबार

१५ प्रतिशत लाभांश छुट्ला हैं ! सुरक्षित गर्ने दिन नजिकियो

१५ प्रतिशत लाभांश छुट्ला हैं ! सुरक्षित गर्ने दिन नजिकियो



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने बिहीवार दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुष २२ गते बुक क्लोज गरेसँगै भोलि अर्थात पुष २१ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुष २९ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।