७ श्रावण २०८३, बिहिबार

कालिञ्चोक दर्शनको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस् नतिजा



काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आइपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा पुष २० गते दुवै समूहका लगानीकर्तालाई आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता र आयोजना प्रभावित स्थानीयका लागि १ लाख २० हजार कित्ता आईपीओ विक्री गरेको थियो । १२ हजार स्थानीयलाई हालको न्यूनतम १० कित्ताको बाँडफाँट नीतिको व्यवस्थाबाट गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।

१५ हजार ४११ जना स्थानीयले आवेदन दिएकोमा २३१ जनाको आवेदनमा रीत नपुगेकाले रद्द गरिएको विक्री प्रबन्धकको भनाइ छ ।

६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीबाट रीतपूर्वक आवेदन प्राप्त गरी सबै आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँड गरिएको छ । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको हो ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकको बेवसाइट https://nabilinvest.com.np/ र कम्पनीको बेवसाइट http://kalinchowkdarshan.com.np/ मार्फत हेर्ने सकिने कम्पनीले जनाएको छ । कम्पनीले गत मङ्सिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्