चन्द्रागिरि हिल्सको १३औं वार्षिक साधारण सभा सम्पन्न, के के प्रस्ताव भए पारित ?
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको १३औं वार्षिक साधारण सभा आज (पुष २१ गते) सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको छैन । त्यसैले शेयरधनीको हात भने रित्तो भएको हो ।
सभा चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय थानकोेट पसिरदमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुृका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाएका थिए ।














