७ श्रावण २०८३, बिहिबार

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन, अब के गर्ला निगम ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतबाट बेला बेला पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा नघटेको भन्दैं बिरोध हुदैं आएको छ । धानमन्त्रीको निर्देशन पछि नेपाल आयल निगम के गर्छ अहिलेसम्म कुनै जानकारी दिएको छैन ।अहिले पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर१७५ रुपैयाँ पर्छ ।


प्रतिक्रिया दिनुहोस्