एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिनेको उत्साहपूर्ण सहभागिता, १ अर्ब ३२ करोड भन्दा बढि इकाई माग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआईबिएल ग्रोथ फण्डमा आवेदन दिनेको उत्साहपूर्ण सहभागिता, १ अर्ब ३२ करोड भन्दा बढि इकाई माग



काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” को सार्वजनिक निष्काशन पुष ७ गतेबाट खुल्ला भई पुष २१ बाट बिक्रि बन्द भएको छ ।

सार्वजनिक निष्काशन अवधिभरमा यस योजनामा ४५,८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढिको ईकाइ खरिदका लागी आवेदन परेको छ । वर्तमान तरलताको अवस्था साथै समग्र आर्थिक तथा पूँजी बजारको गतिविधिहरुमा देखिएको सुस्तताका बावजुद यस योजनामा आम लगानीकर्ताहरुको उत्साह प्रदक सहभागिता देखिएको छ जुन प्रकारको उत्साह यस अघि हालै निष्कासित केहि फण्डका योजनाहरुमा देख्न पाईएको थिएन् जसको प्रमुख कारणको रुपमा “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत हाल संचालित योजनाहरुले आफ्ना इकाईधनीहरुलाई निरन्तर रुपमा प्रदान गरीरहेको प्रतिफलकाबिच लगानीकर्ताहरुमा यस फण्डका योजनाहरु प्रति स्थापित उच्च विश्वास रहेको पाईएको छ ।

१० बर्षे समयावधिका लागी जारी गरीएको यस “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सो समयावधि सम्म सूचिकृत भई दोश्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्