लाभांश प्रस्ताव पारित गर्दै नेपाल इन्स्योरेन्सको ७४औं वार्षिक साधारण सभा सम्पन्न
लाभांश प्रस्ताव पारित गर्दै नेपाल इन्स्योरेन्सको ७४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आज (पुष २२ गते) सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरलाई ८ प्रतिशत बोनस र ०.४२११ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
कम्पनीको शेयर स्वामित्व संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम राख्ने, आर्थिक वषै २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित र आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै,सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको हो ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष ८ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुष ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा प्रस्तावित लाभांश प्राप्त गरेका हुन ।













