दुई बैंकको साधारण सभा आज बस्दैं, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । बैंकले आज (पुष २५ गते) साधारण सभा बोलाएको छ । बैंकले लाभांश पारित सहित अन्य एजेण्डाका लागि सोमबार साधारण सभा बोलाएको हो ।
नेपाल एसबिआई बैंक लिमिटेडले २९औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ७।५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ । साथै बैंकको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङको समेत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बैंकले आगामी दिनमा कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान चाहेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुष १३ गते एक दिन बुक क्लोज गरेको हुदाँ पुष १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले आफ्ना सेयरधनीलाई १३।३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सोही प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
सोही सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिशन सम्बन्धी आवश्यक कार्यहरु गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुष १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













