८ श्रावण २०८३, शुक्रबार

महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा: बोनस ४७.५ प्रतिशत, नगद कति ?



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभाश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्